कैलालीबाट ५ जना फरार प्रतिवादी पक्राउ

धनगढी- कैलालीबाट ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन, ललितपुरको फैसलाले १५ दिन कैद सजाय, ४४ लाख जरिवाना र १ लाख ७६ हजार क्षतिपुर्ति ठहर भएका टीकापुर नगरपालिका-५ बस्ने ३४ वर्षीय अनुज हमाल  पक्राउ परेका छन् ।

Dadeldhura hospital

यस्तै जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले चरेस गाँजा मुद्दामा १ वर्ष १ महिना २५ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका-१ बस्ने ५५ वर्षीय गोमबहादुर बुढा (मतवाला), वन मुद्दामा १४ हजार ८ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-७ बस्ने ५५ वर्षीय सोनोराम चौधरी, सोही मुद्दामा १४ हजार ८ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-७ बस्ने ५० वर्षीय लालसिंह राना र चोरी मुद्दामा १३ दिन कैद सजाय र १२ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१४ बस्ने २५ वर्षीय शंकरबहादुर परियार पक्राउ परेका छन् ।

Navadurga sun
Godawari sandesh

अदालतबाट दोषी ठहर भई फरार रहेका पाँचै जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्र सिंह बोहराले बताए । 

Loading...