गोदावरी नगरपालिकामा एकल महिलाका सन्तानलाई छात्रवृत्ति वितरण

अत्तरिया- गोदावरी नगरपालिका भित्र रहेका विपन्न तथा सिमान्तकृत छात्राहरूलाई छात्रवृत्ति वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका एवम् न्यून आय भएका गोदावरी नगरभित्रका एकल महिलाका सन्तानलाई मानव अधिकारको लागि महिला एकल महिला समूह धनगढीले छात्रवृत्ति दिइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

आर्थिक अवस्था कमजोर रहेका एकल महिलाका सन्तानलाई थोरै भए पनि साथ दिन छात्रवृत्ति दिइएको समूहकी कोषाध्यक्ष मनोयरी भण्डारीले बताइन् । सबै समूहबाट धेर थोर बचेको रकम जम्मा गरी सामाजिक उत्तरदायी भएर काम गरेको बताइन । यस पालिका भित्र रहेका एकल महिलाका सन्तान धेरै रहे पनि दैनिक गुजार गर्न समस्या भएका, मजदुरी गरी छाक टार्नेका सन्तानलाई छात्रवृत्ति दिन आवश्यक जनाउदै पालिका भित्रका विपन्न तथा सीमान्तकृत छात्राहरूलाई छात्रवृत्ति वितरण गरेको बताइन । आजको लागि छात्रवृत्ति वितरण १० जनालाई जनही ४-५ हजार बराबरको समान (झोला, कपी, डटपेन, छाता, ज्यामिति बक्स प्रदान गरिएको छ ।

Dadeldhura hospital

छात्रवृत्ति वितरण कार्यक्रमको सभापतित्व मानवअधिकारका लागि महिला एकल महिला, गोदावरी एकल महिला समूहका अध्यक्ष धना पाठक रहेकी थिइन भने कार्यक्रमको प्रमुख अतिथिमा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए। छात्रवृत्ति वितरण कार्यक्रममै प्रमुख प्रशासकीय अधिकृत हरी दत्त भट्ट, शिक्षा शाखा प्रमुख प्रयाग राज जोशी, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, गोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट , सामाजिक शाखाका ज्ञानेन्द्र कुमार भट्ट, महिला विकास शाखा प्रभा हमाल लगायत मानवअधिकार कर्मी महिलाहरू र छात्रवृत्ति पाउने विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भने, विपन्न तथा सीमान्तकृत एवम् न्यून आय भएका छात्राहरूलाई विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए ।

अहिले यस मानव अधिकारका लागि महिला समूहले बितरण गरेको छात्रवृत्तिले बालबालिकाहरूलाई शैक्षिक सत्रको नयाँ सेसन लागु हुँदै गर्दा लदित, गरीबीको रेखामुनि रहेकालाई थोरै रकमको शैक्षिक सामग्रीले केही राहात हुनेमा आफू विश्वस्त रहेको बताएका छन । आगामी दिनमा यस समूहलाई आवश्यकता पहिचान गरी पालिकालाई कार्यक्रमका लागि अगाडि बढ्न र पालिकाले के कति सहयोग गर्न सकिन्छ हामी अवश्य साथ दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

मानव अधिकारका लागि महिला, एकल महिला समुहका अध्यक्ष धना पाठकले एकल महिलाले सामान्य जीवनयापनकै लागि सङ्घर्ष गर्नु परेको बताउनु भयो । कार्यक्रमको सञ्चालन एकल महिला ऋतु खड्काले गरेकी थिइन भने स्वागत मन्तव्य मानव अधिकारका लागि महिला कि राधिका जोशीले गरेकी थिइन ।

Loading...