बैतडीमा डढेलोमा परेर दुई महिला घाइते

Dadeldhura hospital

बैतडी- बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका– १ का ४६ वर्षीया धोली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएकी हुन् । दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटी रहेका महिला जङ्गलबाट आएको डढेलोमा परि घाइते भएका हुन् ।

Ganyapdhura gau

अवस्था भने मध्यम रहेको छ । उनीहरूको जिल्लामा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

Couple
Loading...