रानाले मागे माधव नेपालसँगको सवालजवाफको रेकर्ड





काठमाण्डौँ, १० साउन- एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट सांसद नारदमुनि रानाले संसद् सचिवालयसँग रेकर्ड माग गरेका छन्। संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरी पत्र लेख्दै सांसद रानाले रेकर्ड माग गरेका हुन् । ‘०७८ साउन १० गतेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकको श्रव्यरदृश्यको रेकर्डिङ्ग आवश्यक परेको हुँदा यसकै बैठकको रेकर्डिङ्ग उपलब्ध गराइदिन हार्दिक अनुरोध छ’, सांसद रानाले पत्रमा लेखेका छन् ।


यसअघि आइतबार (आज) बसेको समितिको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसँग भनाभन भएको थियो । बैठकको केही समयको भनाभनपछि नेता नेपालले ‘प्रतिगमनको मतियार, संसद्बाट राजीनामा दिएर बाहिर जानुस्’ भन्दै भनेका थिए । यसपछि सांसद रानाले रेकर्ड मागेका हुन् ।



