बर्षाले बझाङमा लघुजलविधुतको पावरहाउस बगायो

बझाङ, १० साउन- बझाङको मष्टा गाउँपालिका वडा नं. ५ द्वारीमा विहिबार राती परेको अविरल बर्षाका कारण आएको बाढीले लघुजलविधुतको भवन बगाएको छ। जिल्लाको मष्टा गाउँपालिका वडा नं. ५ द्वारीमा रहेको द्वारीगाड लघुजलविधुत आयोजनाको भवन बगाएको हो ।

Dadeldhura hospital

करिब १ करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमता रहेको द्वारीगाड लघुजलविधुत आयोजना द्वारी गाउँका करिब ५ सय घरधुरीले बाल्ने द्वारीगाड लघुजलविधुतको भवन केहि समय संचालनमा आए पनि प्राविधिक समस्याका कारण विचमा अवरुद भएको र हाल निर्माण कार्य चलिरहेको बेला एकाएक परेको अविरल बर्षाले भवन नै आधा बगाई दिएको स्थानिय उब्जन बोहराले जानकारि दिए ।

Navadurga sun
Godawari sandesh

बाढीले स्थानीय गिरिस कठायतका खेत र घट्टहरु समेत बगाएको छ । द्वारीगाउँकै वारिपारी जोड्ने काठेपुल बगाउदा आवतजावतमा समेत समस्या भएको छ । आवतजावतमा समस्या हुँदा शुक्रबार काठेपुल हाल्ने क्रममा खोलाले बगाएर तिनजना घाईते भएका छन ।

घाईते हुनेमा सोहि गाउँका ४२ बर्षिया नर बहादुर बोहरा, ५५ बर्षिय वडा अध्यक्ष कम्मान बोहरा, ६५ बर्षका रिउल्या कठायत रहेका छन । दुईजनाको अवस्था सामान्य रहेको छ । नर बहादुर बोहराको कम्मरमा गम्भिर चोट लागेकाले थप उपचारको लागि नेपालगन्ज पठाइएको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा. सन्दीप ओखेडाले बताए ।

Loading...