अत्तरियाको शिव मन्दिर व्यवस्थापन समितिलाई वाद्यवादन सामग्री हस्तान्तरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको शिव मन्दिरलाई विभिन्न सांस्कृतिक कार्यक्रममा प्रयोगमा आउने वाद्यवादन हस्तान्तरण गरिएको छ ।

सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानले वाद्यवादन सामग्री शनिबार एक कार्यक्रम गरी हस्तान्तरण गरेको हो । प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले मन्दिर व्यवस्थापन समितिलाई वाद्यवादन सामग्री हस्तान्तरण गरेका हुन् । १ लाख मूल्य बराबरका सामग्रीहरू हस्तान्तरण गरेको जनाएको छ । उपकुलपति जोशीले सुप क्षेत्रमा रहेको संस्कृतिलाई व्यवस्थापन गर्ने हो भने विश्वव्यापी गर्न सकीन्ने बताए । यहाँका नौँ जिल्लामा रहेका कला संस्कृतिलाई जर्गेना गर्न आवश्यक रहेको उनको भनाई रहेको छ ।

Navadurga sun

त्यस्तै कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता गोपाल भट्टले धार्मिक पर्यटक तान्नका लागि मन्दिरहरूको संरक्षण गर्न आवश्यक रहेको बताए । मन्दिर व्यवस्थापन समितिका सदस्य जानकी कुँवरले स्वागत गरेको कार्यक्रममा समाजसेवी शेर बहादुर विष्ट, स्वास्थ्यकर्मी उशा भट्ट लगायतका उपस्थिति रहेको थियो ।

मन्दिर व्यवस्थापन समितिका हरिना देउवाको अध्यक्षतामा भएको कार्यक्रममा लोक गायिका कुन्ती साउँदले गायन र विभिन्न नृत्यहरू समेत प्रस्तुत गरिएको थियाे । कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समितिका सचिव बाबुराम वलमपाकीले गरेका थिए ।

ADD Khali jpg
Loading...