

धनगढी- नेकपा एमालेले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडानमा बसे पछि प्रदेश सभा बैठक बस्ने अनिश्चित भएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ ५ बजे आह्वान गरिएको बैठक अनिश्चित बनेको हो ।



विश्वासको मतको विषयमा आज प्रदेश सभाका कार्यव्यवस्था तथा परामर्श समितिको बैठक पनि बोलाइएको थियो । तर आफू ढिला पुगे पनि बैठक बस्न नसकेको सभामुख भीम बहादुर भण्डारीले बताए । लगत्तै मुख्यमन्त्री दीर्घ बहादुर सोडारी, सभामुख भण्डारी लगायत दलका प्रमुख बिच पनि केहीबेर अघि बसेको थियो । तर विश्वासको मतमा एमालेको अडान कायमै रहेपछि बैठक नै अनिश्चित भएको हो ।


सभामुख भण्डारीले रातोपाटीसँग भने, ‘यहाँ पनि हामी बसेका थियौँ । उता केन्द्रमा शीर्ष नेतृत्वहरूबिच पनि बैठक चलिरहेको छ भन्ने आएको छ । अन्योल नै छ । करिब करिब नबस्ने सम्भावना छ । तर निर्णय चाहिँ भइसेको छैन ।’