बाजुराको मार्तडी-कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा- जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी अनुमति दिएको छ । बिहीबार बडीमालिका र बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधिको संयुक्त बैठकले बस सेवा सञ्चालन गर्न अनुमतिको मागेका थियो हो ।

Ganyapdhura gau
Dadeldhura hospital

बस सेवा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी सहितको सर्व पक्षीय बैठकले चार पालिकाका नागरिकलाई आवतजावत गर्न सहजता हुने गरी बस सेवा नियमित रूपमा सञ्चालन गर्ने अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी राम कुमार तिमल्सेनाले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

बैठकले मार्तडी-कोल्टी सडक खण्डमा यातायात व्यवासयी सँग रात्रि बसको हकमा ८ वर्ष ननाघेका तथा दिवाबसको हकमा १० वर्ष ननाघेका कम्तीमा ५ वटा बस हुनु पर्ने निणर्य भएको उनले बताए । बुढीनन्दा, बडीमालिका र बुढीगङ्गा नगरपालिकाले मर्मत सम्भार गरी सडक सञ्चालन गर्ने, सडक किनारका संरचना तत्काल हटाउन आवश्यक प्रबन्ध गर्ने निणर्य भएको जानकारी उनले दिए ।

मार्तडी-कोल्टी सडकखण्ड निर्माण नभइ सकेकाले तत्काल बस सेवा सञ्चालन गर्न कठिन हुने बस व्यवसायी रामचन्द्र गिरीले बताए । ’मार्तडी-कोल्टी ४२ किलोमिटर खण्डमा जिप चलाउन समस्या छ बस कसरी चलाउने ?’, उनले प्रश्न गरे । मार्तडी-कोल्टी सडक शिलान्यास भएको २५ वर्ष बिति सक्दा पनि त्यो अझै पूरा भएको छैन । रासस

Loading...