कैलालीमा एक घर र कुखुराको खोरमा आगलागी 

Dadeldhura hospital

धनगढी- कैलालीमा एक घर र कुखुराको खोरमा आगलागी भएको छ । बर्दगोरिया गाउँपालिका-३ खैरेनी बस्ने ठेउके दमाईको घर र सोही आगोबाट रबि जनालाको नजिकै रहेको कुखुराको खोरमा आगलागी भएको हो । 

आगलागी हुँदा अन्दाजी २ लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

Loading...