कञ्चनपुरमा गहुँको नलमा लगाइएको आगोबाट गोठमा आगलागी  

Dadhaldhura pur

कञ्चनपुर- कञ्चनपुरमा गहुँको नलमा लगाइएको आगोबाट गोठमा आगलागी भएको छ । बेलडाँडी गाउँपालिका-२ ढकनिया बस्ने करन बिष्टको घर नजिक रहेको खेतको गहुँ नलमा लगाइएको आगोबाट गाई गोठमा आगलागी हुँदा गोठ भित्र रहेको भुसा, पराल, काठ लगायतका सामान जलेर नष्ट भएको छ । आगलागीबाट ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Ganyapdhura gau

 त्यस्तै कृष्णपुर नगरपालिका-१ जयशंकर सामुदायिक वनमा लागेको आगोबाट सोही ठाउँ बस्ने रमेश बुढाको गोठमा आगलागी भएको छ । आगलागी बाट १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...