धनगढीबाट ३ लाख बढी भन्सार छलीका सामान बरामद

धनगढी- कैलालीको धनगढीबाट ३ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ त्रिवेणीघाट,  धनगढी-९ बङग्राकटान नजिक र  धनगढी-१३ आयुर्बेदिक अस्पताल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ३ लाख ७ हजार ५५० मूल्य बराबरको सामान बरामद गरिएको छ ।

उक्त मूल्य बराबरको प्याज, कोट पेष्टीङ, कोटको चेस्ट, पाईन्टको भेल ग्रुप, पाईन्टको हुक, सर्टको बटन, ज्याकेटको फाईबर, साईकलका ट्युव, प्लाष्टिक डोरी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...