कैलालीको लम्कीमा एक किसानको उखुबारीमा आगलागी

धनगढी- कैलालीको लम्कीमा एक किसानको उखुबारीमा आगलागी भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ पिपरकोटीका गणेश तिमिल्सेनाको १५ कठ्ठामा लगाएको उखुबारीमा आगलागी भएको हो ।

Dadeldhura hospital

लम्की–६ का टोपे धामीले गहुँको नल जलाउन लगाएको आगो फैलिन गई उखुवारीमा आगलागी भएको हो । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त खेतबारीमा रहेको उखु पूर्णरुपमा जलि अन्दाजी तीन लाख बरावरको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ ।

Loading...