


धनगढी- कैलालीको धनगढीमा एक विद्यार्थी नेताले बेसहाराहरुलाई खाजा खुवाएर आफ्नो जन्मदिन मनाएका छन् । सोमबार नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य घनश्याम बमले आफ्नो जन्मदिन दृष्टि फाउन्डेसन धनगढीमा रहेका ४० जनाभन्दा बढी अशक्त बालबालिका र बेसहारा महिलाहरुलाई खाजा खुवाएर मनाएका हुन् ।


पश्चिमा संस्कृति केक काट्ने प्रचलनलाई हटाउन थोरै भए पनि मद्दत मिलोस भन्ने उद्देश्यले बेसहारालाई खाजा खुवाएर आफ्नो जन्मदिन मनाएको उनले बताए ।

