कैलालीको धनगढीमा विद्युतको पोलमा आगलागी

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीमा विद्युतको पोलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिकास्थित बोराडाँडीमा विद्युतको पोलमा आगलागी भएको हो । 

आगलागीबाट विद्युतको पोलमा जडान गरिएका तार जलेका छन् । अहिले आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

Loading...