बझाङमा भालुको आक्रमणबाट दुई जना घाईते

Dadeldhura hospital

बझाङ- बझाङमा भालुको आक्रमणबाट दुई जना घाईते भएका छन् । थलारा गाउँपालिका-८ गण्डाउली बस्ने ६० वर्षीय मदनराज जोशी र उनकै १३ वर्षीया छोरी देउसरा जोशी आज साँझ आक्रमणबाट घाईते भएका हुन् ।

घर नजिकै राखिएको मौरी घार हेर्न गएका बेला उनीहरुलाई शनिवार भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए । भालुको आक्रमणबाट उनीहरुको अनुहार, टाउको, शरीर र हातमा गहिरो चोट लागेको चौधरीले बताए । घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

Loading...