कैलाली हार्डवेयर व्यवसायी संघको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- कैलाली हार्डवेयर व्यवसायी सङ्घ १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिवार निर्माण व्यवसायी संघ कैलालीको सभाहलमा कैलाली हार्डवेयर व्यवसायी संघ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै १२ औँ साधारण सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्रालय का मुख्य सचिव हरि लम्सालले अहिलेको पछिल्लो समयमा व्यवसाय गर्ने निकै गाह्रो भएको बताए । कोभिड भन्दा पहिला कुनै पनि व्यवसाय गर्न राम्रो हुने गरेकोमा अहिलेको समयमा अवस्थामा व्यवसायमा मन्दी आएको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

आजको परिवेशमा हामी तिनै तहका सरकार मिलेर हार्डवेयर व्यवसाय मिलेर अगाडि बढ्न आग्रह समेत गरे । पछिल्लो समयमा दिनानु दिन दिन युवा वर्ग विदेश गएको रोजगारीका सृजना नहुँदा हामी सबैले एक अर्को प्रर्ति साझेदारी गरेर अगाडि बढ्न तयार व्यक्ति तर्फबाट, सरकार तर्फबाट पनि आफू गर्ने प्रतिबद्धता जनाए । त्यस्तै कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष तथा केन्द्रीय सदस्य पुष्प राज कुँवरले हामी जस्ता सुकै युवाको सवालमा होस् वा रोजगारीका सवालमा हामी उद्योग वाणिज्य संघ सबै सँग सहकार्य गर्न तयार रहेको बताए ।

त्यस्तै कार्यक्रम बोल्दै हार्डवेयर व्यवसाय संघका अध्यक्ष कुबेर बहादुर शाहीले सुदूरपश्चिम प्रदेशमा ३ हजार भन्दा बढी हार्डवेयर व्यवसाय रहेको बताए । हार्डवेयर व्यवसायमा अरू प्रदेश दाँजो पनि हाम्रो प्रदेश पनि अगाडि बढेको बताए । देशमा रोजगारी सृजना गर्ने कुरामा सबै किराना व्यवसाय संघ,उद्योग बाणिज्य संघ, हार्डवेयर संघ, सुन चाँदी व्यवसाय संघ लगायतका व्यवसायीहरू एक ठाउँमा भएर काम गरेमा राम्रो प्रभाव पर्ने बताए । यस्ले पक्कै पनि समाज, देश, राष्ट्रको विकासमा टेवा पुग्ने उनले बताए ।कार्यक्रममा बिभिन्न ३ जनालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा हार्डवेयर व्यवसाय संघका अध्यक्ष कुबेर शाहीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम सरकारका मुख्य सचिव हरि लम्साल, विशिष्ट अतिथि, उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर राज ओझा, प्रमुख कर अधिकृत मोहन सिंह बस्नेत, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सचिव हरि जोशी, नेपाल पत्रकार महासंघ कैलालीका जिल्ला अध्यक्ष हिमाल जोशी, व्यवसाय, पत्रकार , विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन कैलाली हार्डवेयर संघका महासचिव ईश्वर गिरीले गरेका थिए ।

Loading...