एमाले बाजुराको जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली आउने

Dadeldhura hospital

बाजुरा- नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बाजुरा आउने भएका छन् । २०८१ जेठ १ देखी ३ गतेसम्म बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा हुने जिल्ला अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने भएका हुन् ।

यस अघि चैत २१ गते बसेको जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशनको मिति तोकेर उद्घाटनका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्ने निणर्य गरेको थियो। आज अध्यक्ष ओलीलाई प्रत्यक्ष रुपमा भेटेर अधिवेशन उद्घाटनका लागि औपचारिक रुपमा निमन्त्रणा गरिएको एमाले बाजुरा अध्यक्ष भरत बहादुर भापाले बताएका छन् ।

Navadurga sun
Godawari sandesh
Loading...