सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरण हो ः प्रधानमन्त्री प्रचण्ड

धनगढी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरण मात्रै भएको बताएका छन् । एमाले अध्यक्ष केपी सर्मा ओलीले शनिबार काठमाण्डौमा आयोजित पार्टी कार्यक्रममा बाम एकताका नाममा धुर्बिकरण उचित नरहेको टिप्पणी गरेका बेला प्रधानमन्त्री दाहालले पनि अहिले बामपन्थी एकताको कुरा नचलेको बताएका हुन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन महेन्द्रनगर प्रस्थान गर्नु अघी धनगढी बिमास्थलमा दाहालले गठबन्धन दलहरूमा कुनै ठुलो समस्या नरहेको र पूर्ण समय यही गठबन्धन रहने समेत प्रस्ट्याएका छन् ।

Dadeldhura hospital

धनगढी बिमास्थलमा पत्रकारहरूसँग बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेनै सत्ता गठबन्धनलाई बाम गठबन्धनका रुपमा नलिइएको बताए । तर, समझदारी राम्रो बन्दै गए वाम एकताको सम्भावना रहेको दाहालले बताए । हाल समीकरण वामपन्थीको मात्र नरहेको बताउँदै दाहालले अन्य दलहरू समेत गठबन्धनमा सहभागी भएका कारण वाम एकता भन्नु सही नरहेको बताए । अहिलेलाई सत्ता समीकरणको रुपमा लिइएको प्रस्ट पारेका दाहालले राम्रो काम हुँदै गयो, छलफल हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्ने एक ठाउँमा हुने सम्भावना बढ्दै जाने दावी गरे । अहिले वामपन्थी एकता होइन, राजनीति सत्ता समीकरणको रूपमा हेर्नु पर्नेमा उनले जोड दिए ।

Navadurga sun
Godawari sandesh

दाहालले एमाले–माओवादी सहितको समीकरण पूरै अवधि जाने प्रष्ट पारेका छन् । उनले बाहिर बजारमा यो गठबन्धन लामो समय नटिक्ने भन्दै भइरहेका चर्चा–परिचर्चालाई खारेज गरे । बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही नरहेको बताउँदै दाहालले अहिलेको समीकरण पूरै अवधि जाने दावी गरे । एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल बिच चलेको वारका विषयमा दाहालले अहिले कुनै समस्या नरहेको दावी गर्दै यो भन्दा बढी नबोलाउन आग्रह गरे ।

प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रचण्डले सुनाए । अब कोशी प्रदेशमा मात्र बाँकी मुख्यमन्त्री चुन्न बाँकी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले स्थिरता तर्फ सरकार अघि बढेको बताएका छन् । दाहालले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्परा भन्दा भिन्न ढंगले प्रस्तुत गर्ने जिकिर गरेका छन् । वैज्ञानिक वस्तुवादी र जनमैत्री बनाउने गरी नीति कार्यक्रम करिब ड्राफ्ट भइसकेको उनले बताए । दाहालले नेपालमा पहिलो पटक कतारका राजा नेपालमा आउन लागेको विषयलाई समेत गौरवपूर्ण रुपमा लिए । उनले सरकार फरक ढंगले कामको गति बढाउन तर्फ केन्द्रित भएको दावी गरे ।

Loading...