कञ्चनपुरमा मास्क बिना हिडडुल गर्ने २ सय भन्दा बढीलाई जरिवाना

कञ्चनपुर, ७ साउन- कञ्चनपुरमा मास्क बिना हिडडुल गर्ने २ सय भन्दा बढी व्यक्तिलाई प्रहरीले जरिवाना गरेको छ । बुधवारदेखि जिल्ला कोभिड व्यवस्थापन समितिको निणर्य बमोजिम प्रहरीले मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्न थालेको हो ।

कञ्चनपुरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्वास्थ्य सुरक्षा मापदण्डको सही पालना नगर्ने गरेको पाइएकाले जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्ने निणर्य गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए ।

Navadurga sun

महेन्द्रनगर बजार क्षेत्रमा मास्क बिना हिडडुल गर्ने २ सय ५७ जनालाई जनही १०० रुपैयाका दरले जरिवाना गरी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...