चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिँदै

Dadeldhura hospital

काठमाडौँ- चर्चित गायिका एलिना चौहानले आज प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिँदै छिन् । बागलुङ निवासी सापकोटासँग उनले परम्परागत विवाह गर्न लागेकी हुन् ।

Ganyapdhura gau

विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ ।  मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ । विष्णु  एलिनालाई लिन बागलुङबाट जन्ती सहित मंगलबार नै झापा पुगेका छन् । सापकोटा दुलहाकै पहिरनमा सजिएर जन्ती सहित झापा पुगेका हुन् । एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समय देखि अस्ट्रेलिया बस्दै आएका छन् ।

Couple
Loading...