कांग्रेस संसदीय दलको निर्णय : नाउपाका लक्ष्मण किशोरलाई मुख्यमन्त्रीमा साथ दिने

Dadeldhura hospital

कैलाली- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा साथ दिने कांग्रेस प्रदेश संसदीय दलले निर्णय गरेको छ । दूरपश्चिमको कामचलाउ सरकारका मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले नाउपाका मुख्यमन्त्रीका उम्मेदवार लक्ष्मण किशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको काङ्ग्रेस प्रमुख सचेतक विक्रम सिंह धामीले जानकारी दिए ।

काङ्ग्रेस नागरिक उन्मुक्ति र राप्रपासहितको समर्थनमा हिजो चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । नाउपाकै अर्का सांसद कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेपछि अहिले सम्म कुनै नियुक्त भएका छैनन् ।

Navadurga sun
Godawari sandesh
Loading...