


उपनिर्वाचन अन्तर्गत आज उजुरीमाथि जाँचबुझ गरिने भएको छ । उपनिर्वाचनमा उम्मेदवारी दिएका उमेदवार विरुद्ध परेका उजरी माथि निर्वाचन आयोगले छानबिन गर्ने कार्यतालिका छ ।



आयोगका अनुसार हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो । हिजै अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ ।


आज बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते (भोलि) बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने छ ।





