डोटीको जोरायल महोत्सवमा आउने कलाकारहरुको पोस्टर सार्वजनिक

डोटी- दोश्रो जोरायल महोत्सव २०८० मा आउने कलाकारहरूको पोस्टर सार्वजनिक भएको छ । युनिक युथ स्पोर्टस् क्लबको आयोजनामा यही चैत्र २८ गते देखि २०८१ बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको पोस्टर आइतबार सार्वजनिक गरिएको हो ।

जस अनुसार लोकप्रिय कलाकारहरू बद्री पंगेनी, पुस्कल शर्मा, चक्र बम, ध्वज महरा, रेखा जोशी, लक्ष्मी आचार्य, सौगात ओझा, झलक पाली ‘झरना’ चन्द्रदेव ओझा, नविन जेठारा ‘महासागर’ रहेका छन् । 

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै चर्चित उद्घोषक तथा गायिका उमा देवी खनाल, मोडल तथा डान्सर भीम बिष्ट ‘अछामी रेखा’, सु.प. म्युजिक ग्रुपका वाद्यवादक तथा गायक कुलेन्द्र परियार, गायक तथा वाद्यवादक शेर बिष्ट, विक्रम थापा रहेका छन् । यसका साथै महोत्सवमा थुप्रै स्थानीय कलाकारहरूका आकर्षक प्रस्तुतिहरू र स्थानीय चौलो नाच, पैंसेरी नाच र मारुनी नाच पनि रहने युनिक युथ स्पोर्ट्स क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक पवन शाहुले जानकारी दिए ।

चैत्र ३० गतेका दिन लाइभ दोहोरी पनि सञ्चालन हुने जनाईएको छ । महोत्सवमा सहभागी भई राष्ट्रिय तथा स्थानीय कलाकारहरू सँगै रमाउन र महोत्सव सफल पार्न आयोजक संस्थाले सम्पूर्णमा अपिल गरेको छ । जोरायल गाउँपालिकाको केन्द्र वडा नं.रावतकट्टे स्थित रत्न आधारभूत विद्यालयको खेलमैदानमा नयाँ वर्ष २०८१ को अवसर पारी महोत्सव आयोजना गर्न लागिएको हो ।

विशेषतः खेलकुदका क्षेत्रमा दखल राख्ने उक्त क्लबले सबै खालका सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ गत वर्ष देखि महोत्सवको पनि आयोजना गर्न शुरु गरेको हो ।

Loading...