डोटीमा आधारभुत नेचर गाइड तालिम सुरु

डोटी- खप्तड प्रवेशद्धारको रुपमा रहेको डोटीको झिग्रानामा ७ दिने आधारभुत नेचर गाईड तालिम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीको आयोजना तथा डोटीको पूर्वीचौकि गाउँपालिका, सायल गाउपालिका, बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउँपालिका, राष्ट्रिय प्रकृती संरक्षण कोष शुक्लाफाटा कञ्चनपुर र खप्तड राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा आज देखि तालिम सुरु भएको हो । झिग्राना स्थित खप्तड होम स्टेमा सुरु भएको तालिममा सुदूरपश्चिम प्रदेशको विभिन्न स्थानीय तहका ३० जना ब्यक्तिहरुको सहभागी रहेको छ ।

सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाई धनगढीका ईकाई प्रमुख डबल बहादुर बोहराको सभापतित्वमा भएको तालिम उद्घाटन कार्यक्रमका प्रमुख अथिति पूर्वीचौकी गाउँपालिका–२ का वडा अध्यक्ष योगेन्द्र बहादुर ठकुल्ला रहेका थिए ।

Navadurga sun

तालिम पश्चात स्थानीय स्तरमा रोजगारीको सृजना, आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सुदूरपश्चिमलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्दै लैजाने र सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नेचर गाइड तालिममा ब्यवस्थापकको भूमिकामा रहनु भएका पर्यटन ब्यवसायी दिपक बहादुर खड्काले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...