बझाङमा उपनिर्वाचनमा कसको पल्लाभारी

अत्तरिया- उपनिर्वाचनको मिति नजिकिए सँगै दलहरू चुनावको तयारीमा जुटेका छन् । इलामको प्रतिनिधि सभा क्षेत्र नं २ र बझाङ १ को प्रदेशसभा क्षेत्र न. १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उपचुनावका लागि अहिले दलहरू उम्मेदवार टुंगो लगाउँदैछन् । यसका साथै दलहरू चुनाव आफ्नो पक्षमा पार्न आन्तरिक छलफलमा व्यस्त छन् ।

Ganyapdhura gau

२१ फागुनमा सत्ता समीकरण फेरबदल भएर कांग्रेस प्रतिपक्षी कित्तामा पुग्दा एमाले सत्तामा पुगेको छ । नयाँ गठबन्धनमा सामेल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी उपचुनावमा तालमेल गर्ने नगर्ने विषयमा अझै निष्कर्षमा पुगेका छैनन् । तर बझाङ १ (१) का लागि तीनै दलले आफ्ना उम्मेदवार टुंगो लगाएर चुनावको तयारी गरिरहेका छन् । नेकपा एमालेले बझाङमा दमन भण्डारीलाई मैदानमा उतारेको छ । उनी एमाले बझाङका अध्यक्ष समेत हुन् ।

Navadurga sun
Godawari sandesh

नेकपा माओवादी केन्द्रले जनक बुढालाई उम्मेदवारी दिएको छ । बुढा संविधानसभा सदस्य समेत हुन् । नेकपा एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई चुनावी मैदानमा उतारेको छ । सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष हुन्। उनी तत्कालीन नेकपामा पनि बझाङका जिल्ला अध्यक्ष थिए । अहिले उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बझाङ इन्चार्ज छन्।

नेकपा एमालेलगायत तीन दलले उम्मेदवार टुंगो लगाउँदा पनि नेपाली कांग्रेसले भने अझै उम्मेदवार टुंग्याएको छैन। नेपाली कांग्रेसबाट बझाङ उपचुनावमा लड्ने आकांक्षीको लर्को छ ।

उपचुनावको टिकटका लागि कांग्रेसले १० जनाको नाम सिफारिस गरेको छ। तीन जनाको नाम सिफारिस गर्न भनेको कांग्रेस जिल्ला कार्यसमितिले १० जनाको नाम सिफारिस गरेर पठाएको हो। टिकट हत्याउन कांग्रेस नेताहरू शक्ति केन्द्र धाइरहेका छन्। कांग्रेस बझाङका पूर्वसभापति सत्यराज भण्डारी र अभिषेक बहादुर सिंह प्रमुख दाबेदार हुन्। अभिषेक सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

Dadeldhura hospital

गत असारमा मन्त्री सिंह, उनकी पत्नी र भाउजुको बझाङको केदारस्युँमा जिप दुर्घटनामा परेर निधन भएको थियो। सिंहको निधनपछि रिक्त बझाङ १(१) मा कांग्रेसबाट उनका छोरा अभिषेक चुनाव लड्न चाहन्छन् । उनी राजनीतिमा पनि सक्रिय छन् । यसपटकको स्थानीय तह चुनावमा अभिषेक जयपृथ्वी नगरपालिका– ५ को अध्यक्षमा भिडेका थिए। तर उनी स्वतन्त्र उम्मेदवारसँग पराजित भए । बुवाको राजनीतिक विरासत धान्ने योजनासहित अभिषेक अघि बढेका छन् ।

‘आकांक्षी मध्ये ४ जना अहिले टिकटका लागि लागिरहेका छन्,’ ती नेताले भने, ‘अभिषेक र सत्यराजजी मध्ये एक जनाले टिकट पाउने सम्भावना देखिन्छ । भोलिसम्म उम्मेदवार टुंगो लाग्न सक्छ ।’ जगतप्रसाद जोशी र लोकेन्द्र बहादुर रोकाया पनि टिकटका लागि शक्ति केन्द्रसँग जोडबल गरिरहेका छन् ।

यसका साथै टिकटका लागि कांग्रेसबाट सिफारिसमा पर्नेमा शान्ति बोहरा (पुजारा), नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह, नारायण हमाल र अर्जुन स्याडा पनि छन् । निर्वाचन कार्यतालिका अनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ। २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ ।

यस्तै, २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको छ । १५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । बझाङ १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा परेर निधन भएपछि रिक्त भएको त्यहाँ उपचुनाव भइरहेको हो ।

नेकपा एमाले उपचुनाव मार्फत बझाङमा हारको बदला लिने दाउमा छ । तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनसँग हारेको एमाले अहिले त्यो हारको बदलामा जित निकाल्दै सुदूरपश्चिम प्रदेश सभामा आफ्ना एक सांसद थप्ने दाउमा छ । २०७४ सालको चुनावमा पनि बझाङ १ (१) मा एमालेले जितेको थियो । नेपाली कांग्रेसलाई २०७९ को जित जोगाउने चुनौती छ । माओवादीको साथमा जित हात पारेको कांग्रेसको कित्तामा अहिले माओवादी छैन । कांग्रेस एक्लै चुनावमा होमिएर जितमा निरन्तरता दिन चाहन्छ ।

नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राप्रपा पनि जित निकाल्ने दाउका साथ चुनावी मैदानमा छन् । गत चुनावमा पाएको समानुपातिक मतका आधारमा नेकपा एमाले अघि छ । बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फ एमालेको २२ हजार २०४ समानुपातिक मत छ ।

यस्तै, नेपाली कांग्रेसको १६ हजार ६५३ समानुपातिक मत छ । नेकपा माओवादी केन्द्रको ८ हजार १५ समानुपातिक मत छ भने नेकपा एकीकृत समाजवादी सँग ७ हजार ८३३ मत छन् । राप्रपाले गत निर्वाचनमा ६५६ समानुपातिक मत पाएको थियो ।

Couple
Loading...