धनगढी उपमहानगरपालिका ७ मा आगलागी

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा आगलागी भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–७ रानागाउँका कल्लु रानाको जस्तापाताले छाएको भुई तले कच्ची गोठमा आगलागी भएको हो ।

खाना पकाउन बालेको आगोबाट गोठमा रहेको भुसा र परालमा आगो सल्केर आज सोमवार दिउँसो आगलागी भएको हो । आगलागीबाट उक्त गोठ र गोठ भित्र रहेको भुसा, पराल, काठको कडी, जस्तापाता लगायतका सामान जलि अन्दाजि १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।

Navadurga sun

उक्त आगलागीबाट गोठ भित्र रहेको बाख्रा एउटा बाख्रा समेत जलेर घाईते भएको छ। अन्य मानबिय क्षती भने नभएको प्रहरीले जनाएको छ । उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...