कैलालीको गोदावरी १२ को चौकी गाउँमा खानेपानी टंकी तथा धारा उद्घाटन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १२ को चौकी गाउँमा सेलापाटे मूल खानेपानी उपभोक्ता तथा सरसफाइ समिति द्वारा खानेपानी टंकी तथा धारा निर्माण पश्चात गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतित्थमा उद्घाटन भएको छ ।

संघीय सरकारको ९ लाख र गोदावरी नगरपालिकाको ४ लाखबाट निर्मित खानेपानी आयोजनाबाट २५ ओटा धारा सञ्चालनमा आएका छन । यस क्षेत्रमा मछेली खोलाको पानी खादै गरेका जनतालाई मूलको स्वच्छ पानी वितरणका लागि लामो समय देखि यस क्षेत्रका जनप्रतिनिधि र स्थानीय दिपक खत्री लागि परेका थिए ।

Navadurga sun

गोदावरी १२ को सेलापाटेमा खानेपानी टंकी तथा धारा उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले चुनावको समयमा सुन्दै आएका वाचाहरू केही हद सम्म बाटो घाटो सँगै शुद्ध खानेपानी जनताको पहुँचमा पुर्याउँदै जाने बताए ।

आयोजनाको उद्घाटन गर्दै नगर प्रमुख भट्टले भने, खानेपानी योजना हेर्दा सानो देखिए पनि यो निकै रणनीतिक महत्व बोकेको आयोजना हो । यो आयोजना बन्नुपूर्व यहाँका महिलाको प्रत्येक बिहान पानी बोक्न र शुद्ध पानी नपाउदा फोहोर पानी सेवनको बाध्यताको अन्त्य भएको छ। हामीले शुद्ध पानी मात्र पाएका छैनौ, पानी बोक्नकै लागि श्रम गर्नुपर्ने, बिहानभरिको समय खर्च गर्नुपर्ने बाध्यताको पनि अन्त्य गरेका छौं ।’

खानेपानी आयोजना उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष भिम खड्काले यस क्षेत्रका जनता विगतमा अशुद्ध पानी पिउँदै आएका भएर बिभिन्न खाले रोग संक्रमण हुने समस्याबाट टाढा रहुन र घर दैलोमै खानेपानीको धारा भए पछि टाढाबाट बोकेर खानेपानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...