मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका दुई मन्त्रीलाई दिए जिम्मेवारी

कैलाली- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ । हिजो राति मुख्यमन्त्री कमल बहादुर शाहले दुई विना विभागीय मन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

Dadeldhura hospital

मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा नाउपकामा सबै मन्त्रीको उपस्थितिमा लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम डगौरा थारुलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवार तोकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिए । दुवैले हिजै पत्र बुझिसकेको र आज कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।

Navadurga sun
Godawari sandesh

नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले पनि दुई मन्त्रीको जिम्मेवारी तोकेको पुष्टि गरे । मुख्यमन्त्रीसँगको छलफलमा विनाविभागीय मन्त्री लक्ष्मण चौधरीले काम गर्ने गरि जिम्मेवारी दिन भनेका थिए । नत्र राजीनामा दिने चेतावनी पनि उनले दिएका थिए ।’ झण्डा हल्लाउने मात्रै मन्त्रीको काम होइन काम गर्ने गरि मन्त्रालय तोक्नु पर्यो,’ स्रोतले मुख्यमन्त्रीलाई मन्त्रीले भनेको कुरा उद्दित गर्दै भन्यो ‘हामीलाई सडकछाप मन्त्री भन्न थालिसके कि जिम्मेवारी दिनुहोस् होइन भने राजीनामा दिन्छु भन्नु भयो ।’

सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । ती मध्ये पाँच जना मन्त्री नियुक्त भएका छन् । अहिले काङ्ग्रेस नेतृत्वको सरकारमा १८ सांसद रहेको काङ्ग्रेसबाट मुख्यमन्त्री सहित २ मन्त्री छन् भने ७ सांसद रहेको नाउपाबाट ४ मन्त्री र एक राज्यमन्त्री छन् । माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि नाउपाले साथ दिदा पनि अझै २ सांसदको अभाव छ । नाउपामा पनि अहिले काङ्ग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा विवाद छ । पार्टी केन्द्रले नयाँ गठबन्धनमा जाने निणर्य गरेको छ भने प्रदेश संसदीय दलका बहुमत सदस्य काङ्ग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिन चाहन्छन् ।

Loading...