बैतडीमा वडाध्यक्ष सहित शिक्षक पक्राउ

बैतडी- बैतडीमा एक वडा अध्यक्ष सहित शिक्षक पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सहित शिक्षक पक्राउ परेका हुन् । सिगास गाउँपालिकाका प्रवक्ता समेत रहेका अमरसिंह धामी सहित शिक्षक पक्राउ परेका छन् । चार वर्ष अघि जबरजस्ती करणी मुद्दा मिलोमतो गरेको आरोप लागेका गाउँपालिकाका प्रवक्ता सहित तीन जना पक्राउ परेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

सोमबार वडा अध्यक्ष धामी, गाउँपालिकाका कर्मचारी राजेन्द्र सिंह धामी र भुवन भास्कार माविका शिक्षक मनोज सिंह धामी पक्राउ परेका हुन् । २०७७ सालमा स्थानीय दिपक सिंह धामी माथि एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो। घटना बाहिर आएपछि  वडाअध्यक्ष अमर सिंह, शिक्षक मनोज सिंह, कर्मचारी राजेन्द्र सिंह लगायतले तमसुक बनाएर घटना मिलोमतो गरेका थिए ।

Navadurga sun
Godawari sandesh

आरोपित दिपकले जबरजस्ती करणीमा परेकी किशोरीलाई सुन दिने सहमति सहितको तमसुक बनाएका थिए । मिलोमतोमा संलग्न अर्का गोपालसिंह धामीले कैद भुक्तान गरेर छुटिसकेका छन् । सोही तमसुकको साँची बसेका अध्यक्ष, शिक्षक र कर्मचारी सोमबार पुनः पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई उच्च अदालत दिपायल कञ्चनपुरले एक महिना कैद सजाय तोकेको छ । त्यस मध्ये वडा अध्यक्ष र शिक्षक २७ दिन कारागार बसेका थिए । उनीहरूले अब ३ दिनमात्रै बस्नु पर्नेछ । यस अघि २५ दिन कैद भुक्तान गरेका राजेन्द्रले ५ दिन पुनः बस्नुपर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेम बिक्रम केसीले बताए । तीनै जनाले १० हजार जरिवाना पनि तिर्नुपर्नेछ । जबरजस्ती करणीमा संलग्न दिपकसिंह धामी भने फरार छन् ।

Couple
Loading...