धनगढीमा पानी निकास गर्ने विषयमा दुई वडा बीच विवाद, प्रहरी परिचालन

धनगढी, ४ साउन- धनगढी उपमहानगरपालिकामा विवादित क्षेत्रमा जमेको पानी निकास गर्न प्रहरी परिचालन गरिएको छ । धनगढी उपमहानगरपालिका वडा न‌ं. ३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्ने विषयमा वडा न‌ं. २ का स्थानीयबीच विवाद बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेर सोमबार निकास दिएको हो ।

Dadeldhura hospital

सो क्रममा आक्रोशित वडा न‌ं. २ का वासिन्दाले प्रहरीमाथि ढुंङ्गामुढा गरेको थियो । वडा न‌ं. २ का वासिन्दाले मोहनापुुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट ग्राभेलले पुरिदिएपछि वडा न‌ं. ३ को पानी निकास हुन नपाउँदा रोकिएको थियो ।

Navadurga sun
Godawari sandesh

डोजरले कल्भर्टमा हालिएको ग्राभेल निकालेर जम्मा भएको पानीलाई निकास दिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । वडा न‌ं. २ का स्थानीयले उक्त पानी आफ्नो वडातिर निकास गरेमा बस्ती डुब्ने भन्दै आइतबारदेखि नै विरोध जनाएका थिए ।

प्रहरीले आइतबार पनि बल प्रयोग गरेर पानीलाई निकास दिन खोजेको थियो तर स्थानीयको अवरोधकै कारण समस्या भएको थियो । स्थानीयको अवरोध र आपसी विवादपछि जिल्ला प्रशासन कार्यालयमा धनगढी उपमहानगरपालिकाका प्रमुखसहित, वडा न‌ं. २ र ३ का वडाध्यक्ष तथा अगुुवाहरुको बैठकले पानीको उचित निकास दिने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम उपमहानगरपालिकाको डोजर प्रयोग गरेर बस्तीमा जम्मा भएको पानीलाई निकास दिइएको स्थानीय प्रशासनले जनाएको छ ।

Loading...