धनगढीका मेयर हमाललाई ज्यान मार्ने धम्की

धनगढी- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन् । मेयर हमाललाई ह्वाट्सएपमा म्यासेज र कल गर्दै एक जनाले धम्की दिएको बताइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

डीएसपी कुलदिप चन्दले स्थानीय राना थरका एक व्यक्तिले आफूलाई खबरदार भन्दै ज्यान मार्ने धम्की दिएपछि मेयर हमालले प्रशासनमा निवेदन दिएको बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत निवेदन जिल्ला प्रहरी कार्यालयमा पुगेको छ । ह्वाट्सएपमा कल गर्दै राना थरका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । उसले मेयर सापलाई खबरदार भन्ने लेखेको रहेछ डीएसपी चन्दले भने।’

Navadurga sun

मेयर हमालले आफूलाई राति ज्यान मार्ने धम्की दिएको जनाएका छन् तर उनले धम्की दिनेको नाम भने निवेदनमा नखुलाएको बुझिएको छ । यस्तै डीएसपी चन्दले धम्की दिने राना अहिले कैलालीकै बौनिया एरियामा रहेको र चाँडै सम्पर्कमा आउने बताए ।

प्रहरीका अनुसार रानाले आफु लम्की पुगेको र आजै प्रहरीमा आउने बताएका छन् । डीएसपी चन्दले भने, ‘रानाले लिन आउनु पर्दैन भने पनि हामीले उच्च निगरानीमा राखेर सुरक्षा प्रबन्ध गरेका छौँ ।’ धम्की दिनुको कारण भने खुलेको छैन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...