उप प्राध्यापक स्व.खडक पछेराको स्मृतिमा सरसफाइ र दिप प्रज्वलन

धनगढी- कैलाली बहुमुखी क्याम्पसका उप प्राध्यापक स्वर्गीय खडक बहादुर पछेराको बार्षीक पुण्य तिथिको अवसरमा सरसफाइ तथा स्मृतिमा दिप प्रज्वलन गरिएको छ । क्याम्पसमा लामो समयसम्म अध्यापन गराउदै आएका उप प्राध्यापक पछेराको २०७९ चैत्र २ गते असामयिक निधन भएको थियो ।

Dadeldhura hospital

godawari10 Mahila hinsa
Navadurga sun

उप प्राध्यापक पछेराको निधन भएको हिजो शुक्रबार एक बर्ष पुगेको छ । बार्षीक पुण्य तिथि र स्मृतिको अवसरमा डोटी कैलाली बिद्यार्थी सम्पर्क मञ्चले कैलाली बहुमुखी क्याम्पसमा सरसफाइ, खेलमैदान क्षेत्रमा सरसफाइका साथै उनको सम्झनामा क्याम्पसको गेट अगाडि दिप प्रज्वलन गरिएको छ । कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक गोविन्द राज जोशीले क्याम्पसलाई मात्रै नभई सुदूरपश्चिम प्रदेशलाई नै ठुलो योगदान गरेको स्मरण गर्दै स्व. उपप्राध्यापक पछेराको आत्माको शान्तिको कामना गरे।

डोटी कैलाली बिद्यार्थी सम्पर्क समितिका अध्यक्ष तेजजंग मल्लले क्याम्पसमा लामो समय देखी अध्यापन गराएका स्व.पछेरा सरको क्याम्पसमा गरेको योगदानको कदर गर्दै पहिलो पुण्य तिथिको अवसरमा केएमसीमा सरसफाइ र दिप प्रज्ज्वलन गरिएको बताए । स्व. पछेरा सरले दिएको ज्ञान सल्लाह सधैं सम्झनामा रही रहने उनले बताएका छन् । यस्तै सहायक क्याम्पस प्रमुख डा.लोक बहादुर बिष्टले बिद्यार्थीका समस्या नजिकबाट हेर्ने,असल मित्रवत ब्यवहार गर्ने भएकाले क्याम्पसले कहिले नबिसर्ने बताए ।

Loading...