रुखबाट खसेर महिलाको मृत्यु

Dadeldhura hospital

बैतडी- बैतडीमा स्याउला काट्दै गर्दा रुखबाट खसेर महिलाको मृत्यु भएको छ। हिजो (विहिबार) जिल्लाको सिगास गाउँपालिका–४ गढतोलामा रहेको सिगास फोटो स्टुडियो डडेल्धुराका सञ्चालक कर्ण बहादुर बोहराकी श्रीमतीको मृत्यु भएको हो।

कर्ण बहादुरकी ४६ वर्षीया श्रीमती हरुली देवी बोहराको स्याउला काट्ने क्रममा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। घर नजिकैको खरबारीमा बाख्राका लागि स्याउला काट्ने क्रममा बोहरा रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन्। खसेर गम्भीर घाइते भएकी ति महिलाको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...