लागुऔषध सहित १ जना पक्राउ

Dadeldhura hospital

धनगढी, २ साउन- कैलालीमा लागुुऔषध सहित १ जना युवक पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका वडा नं.४ मा लागुुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले सोही ठाउँका २१ वर्षीय अर्जुुन साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले साउँदलाई १ सय १० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जानकारी दिए । लागुऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर उनीमाथि अनुुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

Loading...