नगर प्रमुख खड्काद्वारा डोटीकी जानकीलाई सम्मान

डोटी- दिपायल सिलगढी नगरपालिकाले डोटीकी जानकी भण्डारीलाई सम्मान गरेको छ । नगरपालिकाले भण्डारीलाई एक कार्यक्रमका बिच नगर प्रमुख बाजिसिंह खड्का (विजय) ले सम्मान गरेका हुन ।

Dadeldhura hospital

भलिबल खेलाडी भण्डारीले २०७६ कार्तिक २१ गते देखि २९ गते सम्म बङ्गालादेशमा भएको प्रथम ए.भि.सी.एशियन सेन्टरले जोन सिनियर महिला भलिबलमा नेपालको राष्ट्रिय महिला भलिबल टिमको प्रतिनिधित्व गर्दै नेपाललाई प्रथम स्थान हाँसिल गर्न सफल भएकोले नगरपालिकाले सम्मान गरेको नगर प्रमुख खड्काले बताए ।

Navadurga sun
Godawari sandesh

सम्मानका क्रममा नगर प्रमुख खड्काले खेल तथा खेलाडी राष्ट्रको गहना भएको भन्दै यस्ले समाज र राष्ट्रलाई अन्तर्राष्ट्र सम्म चिनाउने काम गरेको बताए । त्यसकारण दिपायल सिलगढी नगरपालिका खेलमा लगानी लगाएर खेलाडी उत्पादन गर्न र खेलकुद गतिबिधीलाई निरन्तरता दिन लागिरहेको बताएका छन् ।

भण्डारी सोही नगरपालिका वडा नम्बर ५ कि हुन । उनी नेपाल आर्मीमा कार्यरत खेलाडी हुन । त्यस्तै खेलाडी भण्डारीलाई दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गणेश भण्डारीले दोसल्ला प्रमाण पत्र सहित सम्मान गरेका छन् । वडा अध्यक्ष गणेश भण्डारीले आफ्नो वडाको बासिन्दा भएकाले पनी सम्मान गरिएको बताएका छन् ।

Loading...