नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे

काठमाण्डौ- नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे हुने भएको छ । मन्त्रीहरुको ५ बजे शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई मौखिक रुपमा जानकारी गराएका छन् ।

Ganyapdhura gau

कुन पार्टीबाट को भए मन्त्री सूची

Navadurga sun
Godawari sandesh

सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन्। नेकपा एमाले ले ८ मन्त्रालय पाएको छ। नेकपा (माओवादी केन्द्र ) ले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन् ।

Dadeldhura hospital

गठबन्धनमा जसपा पनि छ। तर उसले मन्त्रीहरूको नाम दिइसकेको छैन। नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालय सहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री पठाइसकेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत सोमबार कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए।

कुन पार्टीबाट को भए मन्त्रीहरु

नेकपा एमाले
१‍. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री
२. राजेन्द्रकुमार राई, भूमि व्यवस्था तथा सहकारी मन्त्री
३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री
४. बलराम अधिकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, हेरफेर हुन सक्ने
५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
७. हरि उप्रेती, रक्षा मन्त्री
८. ज्वालाकुमारी साह, कृषि मन्त्री

नेकपा (माओवादी केन्द्र) बाट
१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री
२. वर्षमान पुन, अर्थमन्त्री
३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री
५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीबाट
१. रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री
२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री
४. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

Couple
Loading...