कैलालीमा २ किशोरीलाई खोलाले बगायो, एक बेपत्ता

अत्तरिया : कैलालीमा खोलामा बगेर एक किशोरी बेपत्ता भएकी छिन्। जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरकी १८ वर्षीया आरती घर्तीमगर बिहीबार सोही ठाउँमा रहेको गौरीदेवी खोलामा बगेकी हुन्।

दिउँसो नुहाउने क्रममा उनीसहित अन्दाजी १८ वर्षीया सीता घर्तीमगर खोलामा बगेका थिए। स्थानीयले सीतालाई बगेको देख्नासाथ उद्दार गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेर चन्दले बताए।

Navadurga sun

तर सँगै बगेकी आरती भने बेपत्ता रहेको उनले बताए। बेपत्ता किशोरीको खोजीका लागि प्रहरी टोली खटिएको इलाका प्रहरी मालाखेतीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...