दार्चुला जिल्लाको प्रत्येक गाउँबस्तीमा विद्युतीकरणमय बन्दै

दार्चुला- दार्चुला जिल्लाको प्रत्येक गाउँबस्तीमा विद्युतीकरणको काम धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षदेखि विद्युत् परियोजना सञ्चालन गरी जिल्लाभरि विद्युतीकरणको काम थालेको हो।

Ganyapdhura gau

प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरिया र दार्चुला वितरण केन्द्र खलङ्गाले यस जिल्लाको नौ वटै स्थानीय तहमा विद्युत् लाइन विस्तार, मर्मत तथा विद्युतीकरणको काम गरिरहेको वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले बताए। करिब २८ हजार घरपरिवार बसोबास रहेको यस जिल्लामा १८ हजार (६५ प्रतिशत) घरधुरीमा बिजुली बलेको जानकारी उनले दिए।

Navadurga sun
Godawari sandesh

गत वर्ष तीन हजार पाँच सय ग्राहक थपिएकामा चालु आवमा एक हजार दुई सय घरधुरीमा विद्युतीकरण भइसकेको छ। यो वर्ष वितरण केन्द्रमार्फत पुरानो लाइन सुधार गर्न लामो स्पान भएको ठाउँमा ८८ पोल मेनलाइन र ८० पोल शाखा लाइन थप्नका लागि टेन्डर गरिएको केन्द्रले जनाएको छ । दुई वर्षभित्र जिल्लाभर विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ गत असारदेखि विद्युत् प्रोजेक्ट परियोजनाले काम थालेको हो।

Dadhaldhura pur

“सबै पालिकामा पोल गाड्ने काम भइरहेको छ,” उनले भने, “किम्तडी, ठुलसैन, लटिनाथलगायत स्थानमा विद्युत् सामग्री पु¥याइएको छ। चालु आवको छ महिनामा ३७ किलोमिटर लामो ११ केभी प्रसारण लाइनमा तार बिछ्याउने कार्य गरिएको छ ।”२४ वटा नयाँ ट्रान्सफर्मर राखी उपभोक्ताको मिटरसम्म जडान गर्न १९ किलोमिटर शाखा लाइन पनि विस्तार गरिएको छ। हालसम्म २१५ ट्रान्सफर्मर जडान गरी १८ हजारभन्दा बढी घरमा विद्युत् वितरण गरिएको वितरण केन्द्रका प्रमुख सापकोटाले बताए ।

छ महिनामा २४ ट्रान्सफर्मर जडान- विद्युत् प्राधिकरणको दार्चुला वितरण केन्द्रले छ महिना अवधिमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएको क्षेत्रमा २४ नयाँ ट्रान्सफर्मर जडान गरेको छ । ५० केभिए क्षमताको एउटा, २५ केभिए क्षमताका १७ वटा र १५ केभिए क्षमतामा दुई वटा गरी २० वटा नयाँ ठाउँमा र चार वटा बढी क्षमताका परिवर्तन गरी २४ वटा ट्रान्सफर्मर जडान गरिएको प्रमुख सापकोटाले जानकारी दिए ।

नौगाड गाउँपालिकाको सुण्डमुण्ड, गोगने, धुलिगडा खेडा, रैचु, गाउँपालिका केन्द्र होपरीगाड र उडालुमा नयाँ ट्रान्सफर्मर राखिएको छ । अपिहिमाल गाउँपालिकाको ओखल र मकरीगाडमा, मार्मा गाउँपालिकाको चिउरानी, सार्सी, पत्थरकाडा र लटिनाथमा नयाँ ट्रान्सफर्मर राखिएको छ । त्यस्तै दुहुँ गाउँपालिकाको तिमुरपाटा, जोशीगाउँ, फारा र गुना अफरे, महाकाली नगरपालिकाको शिवनगर र बबा, मालिकार्जुन गाउँपालिकाको भगवतीमा नयाँ ट्रान्सफर्मर जोडिएको छ ।मालिकार्जुनको शङ्करपुर र जोलजिवी, लेकमको केन्द्र रातामाटा र शैल्यशिखरको पनेबाजमा राखिएका ट्रान्सफर्मर परिवर्तन गरी बढी क्षमताका ट्रान्सफर्मर राखिएको वितरण केन्द्रका प्रमुख सापकोटाले बताए।

विद्युत् सबस्टेसन थपिँदै- शैल्यशिखर नगरपालिकाको बलाँच र महाकाली नगरपालिकाको थालिगाडमा गरेर दुई वटा सबस्टेसनमार्फत विद्युत् वितरण गरिएको छ । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका अनुसार मार्मा गाउँपालिकाको सेलभिसामा सबस्टेसन निर्माण भइरहेको छ । यस्तै लेकम गाउँपालिकाको सिरोडामा सबस्टेसन निर्माणका लागि टेन्डर आह्वान गर्ने तयारी भइरहेको छ भने दुहुँ, व्यास क्षेत्रमा समेत एउटा सबस्टेसन राख्नका लागि जग्गा खोजी भइरहेको जनाइएको छ । गोरखापत्रबाट

Couple
Loading...