एमालेको कैलालीको जिल्ला अधिवेशन : १२ बजे हुने भनिएको मतदानको अझै हुन सकेन

प्रतिनिधिहरुको खाना र बासको ब्यवस्था हटाई दिएपछि विचल्ली

कैलाली- नेकपा एमाले कैलालीको सुुखडमा भईरहेको जिल्ला अधिवेशनमा मतदानको अझै टुंगो लागेको छैन । निर्वाचन समितिले तीन पटक निर्वाचन तालिका संसोधन गरेपनि तोकिएको समयमा मतदान हुन सकेको छैन । आजमात्रै दिउसो १२ बजेदेखि मतदान हुने भनिएको थियो तर समाचार तयार पार्दा सम्म पनि मतदान सुरु भएको छैन । निर्वाचन समितिले उमेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन गर्न सकेको छैन।

८ गते विहान ८ बजे हुने भनिएको मतदान १० गतेको दिउसोको ३:३० बजेसम्म पनि सुरु नभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ९ गते विहान ८ बजे र १० गते दिउसो १२ बजे भनेर तीन÷तीन पटक निर्वाचन कार्यतालिका संसोधन गरिसकेको छ । ‘दिउसो १२ बजेदेखि भनिएको मतदान ३ः३० बजेसम्म पनि हुन सकेको छैन, अझैसम्म उमेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन हुन सकेको छैन, यस्तै अवस्था रह्यो भने भोली (शुक्रबार) पनि मतदान नहुने देखिन्छ’ धनगढी उपमहानगरबाट प्रतिनिधि गोपाल पाठकले आक्रोस ब्यक्त गरे ।

Navadurga sun

आयोजक कमिटिले बुधबार बेलुकी देखि प्रतिनिधिहरुको बस्ने र खाने ब्यवस्था हटाई दिएको छ । उनीहरु बुधबार देखि आफ्नै खर्चमा खाना र बास बसिरहेका छन । ‘आयोजकको चरम लापरवाही देखिएको छ, बुधबार देखि खाना (मेस) र बास पनि बन्द गरिदिएको छ । आफ्नै खर्चमा बस्दा प्रतिनिधिहरु समस्यामा परेका छन’ कैलारी गाउँपालिकाबाट प्रतिनिधि दयाशंकर चौधरीले भने ।

मुख्य निर्वाचन अकिकृतको समितिका पदाधीकारी र आयोजकहरुको टेलिफोन उठी रहेको छैन । सुखडको घोडाघोडी क्याम्पस परिषर बाहिर प्रतिनिधिहरु झम्मिएका छन । उनीहरु मतदान गरेर गन्तब्य जान आतुर छन तर आयोजक समितिले भने प्रतिनिधिको भावना नबुुझेको आरोप लागेको छ ।

एमालेको कैलाली जिल्ला नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन । निर्वाचन कार्यालयले प्रकासित गरेको उमेदवारको नामावली अनुसार कार्यबाहक अध्यक्ष दुुर्गा प्रसाद जोशी, बर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाबीच प्रतिस्पर्धा हुने भएको हो । कमलसिंह रानाले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले फिर्ता लिए । उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दल बहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन ।उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजालको उमेदवारी परेको छ ।

त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, , अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...