कैलालीको मोहन्यालमा दुई शिक्षिकाबीच कुटाकुट

धनगढी- कैलालीको एक विद्यालयमा दुई शिक्षिका बीच कुटाकुट भएको छ । मोहन्याल गाउँपालिका वडा नं.७ कुहिने स्थित अरनिको आधारभुत विद्यालयमा कार्यरत दुई शिक्षिका बीच कुटाकुट भएको हो । प्रावि स्थाई दरबन्दीकी शिक्षिका देवकी जोशी र बालविकास शिक्षिका रिता बिष्टबीच कुटाकुट भएको विषय बाहिर आएको मोहन्याल गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष नवराज कठायतले बताए ।

Dadeldhura hospital

माघ २६ गते शुक्रबार विद्यालय समयमा दुबै शिक्षिका बीच एक आपसमा झगडा भएको थियो । बिष्टले आफ्नो औला काटेको जोशीले आरोप लगाएकी छन् । विद्यालयमा शिक्षिका बीच झगडा भएको विषय बाहिर आएपछि वास्ताविकता बुझ्न दुबै जनालाई हिजो छलफलका लागि बोलाए पनि धनगढीबाट शिक्षिका जोशीले आफुलाई त्यहाँ असुरक्षा भएको भन्दै धनगढीबाट आउन नमानेको वडा अध्यक्ष कठायतले बताए ।

Navadurga sun
Godawari sandesh

विद्यालय व्यवस्थापन समितिले दुबै पक्षलाई छलफल गराई विवाद मिलाउन माघ २९ गते बैठक राखिएको भए पनि उपस्थित नभएपछि बैठक स्थगित भएको उनको भनाइ छ । एक आपसमा झगडा हुनुको कारण भने खुलेको छैन् ।

Loading...