



अछाम- अछाममा आगलागी हुँदा दुई बालबालीकाको जलेर मृत्यु भएको छ । मेल्लेख गाउँपालिका-३ दार्वाका जयबहादुर बुढाका ३ वर्षीय छोरा अंङ्कीत बुडा र झङ्करे बुढाका नातीनी ६ वर्षीया निरुता बुढाको आगोमा परि मृत्यु भएको हो । खरले छाएको ढुङ्गा र काठको गोठमा बुधवार ६ बजेतिर आगलागी भएको थियो ।


उक्त आगलागीबाट दुबै बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।





