
धनगढी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) कैलालीको ९ औं जिल्ला अधिवेशन कैलालीको मध्यवर्ती क्षेत्र सुखडमा फागुन ६ र ७ गते हुने भएको छ ।
एमाले कैलालीको १२ औं पूर्ण बैठकले अधिवेशनको स्थान सुखड तोकेको एमाले कैलाली जिल्ला सचिव डेजी पाण्डेले बताए ।


सचिव पाण्डेका अनुसार पार्टी अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले अधिवेशनको उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ अधिवेशनमा झण्डै ६ सय प्रतिनिधीहरुले भाग लिने छन् ।

