टिकापुरमा ३ वर्षीय नाबालक बेपत्ता, खोजीका लागि प्रहरीद्वारा कुकुर परिचालन

अत्तरिया, २२ असार– कैलालीको टीकापुरमा सोमबारदेखि तीन वर्षीय बालक बेपत्ता भएका छन् । सोमवार विहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदीसँगै गएका दिलीप विष्टका ३ वर्षे छोरा विवेक विष्ट बेपत्ता भएका हुन् ।

Dadeldhura hospital

दिदीसँगै जामुन खाएर फर्किएका उनी नजिकै रहेको आफन्तको घर जान्छु भन्दै गएका थिए । छोरा आफन्तको घर गएपछि बालककी आमाले त्यहाँ जाँदा विवेक त्यहाँ नगएको थाहा भएपछि आफन्तले खोजी तिब्र पारेका थिए । नाटकीय रुपमा नाबालक हराएपछि खोजी कार्यका लागि भन्दै सोमबार रातिदेखि कैलालीका प्रहरी उपरीक्षक ९एसपी० विश्व अधिकारी टीकापुरमा खटिएका छन् ।

Navadurga sun
Godawari sandesh

मंगलबार विहान दुई वटा कुकुरको प्रयोग गरेर एसपी अधिकारीले अनुसन्धान शुरु गरेका छन् । नाकाहरुमा तस्वीरसहित अलर्ट गराइसकेको र पानी परेका कारण कुकुरले ट्रयाक गर्न नसकेकोसमेत उनले बताए । इलाका प्रहरी कार्यालय टीकापुरमा बालकको खोजीका लागि आग्रह गरिएको भए पनि ढिलो गरी प्रहरी परिचालन भएको आफन्तले आरोप लगाएका छन् । ‘दिउँसो १ बजे प्रहरीलाई खबर गर्दा त्यसबेला दुई जना प्रहरी मात्रै मात्रै खटाइयो,’ बालकका बुवाले भने, ‘साँझ साढे ५ बजे आफै प्रहरी कार्यालयमा पुगेर डिएसपी प्रकाश सापकोटालाई भनेपछि मात्रै प्रहरी परिचालन भएको हो ।’

पटक पटक फोन गर्दासमेत इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी सापकोटाले फोन रिसिभ नगरेको उनको आरोप छ । घर नजिकैबाटै दिनदहाडै नाबालक नाटकीय रुपमा हराएपछि यस क्षेत्रका बालबालिका तथा अभिभावकमा त्रास फैलिएको छ ।

Loading...