नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन

धनगढी- नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् । यस अघि रेशमपत्नी रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष थिइन् । नागरिक उन्मुक्ति पार्टीको अधिवेशनमा प्रथम निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो ।

Dadeldhura hospital

टीकापुरमा जारी पार्टीको प्रथम अधिवेशनले पार्टीका संरक्षक रहेका चौधरीलाई सर्वसम्मत चयन गरेको हो । रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् । उक्त समयभित्र चौधरीको मात्रै उम्मेदवारी परेकोले सर्वसम्मत अध्यक्ष चयन भएको पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

रोशन थापा प्रस्तावक र सानु शाक्य समर्थक रहेर चौधरीले अध्यक्षमा उम्मेदवारी दिएका थिए।त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन्। अन्य पदमा एकभन्दा बढी उम्मेदवार परेकोले सहमतिको प्रयास भइरहेको छ । ‘अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष सर्वसम्मत चयन गरियो,’ निवर्तमान महासचिव रतन थापाले भने, ‘अरू पदहरूमा सहमतिको प्रयास जारी छ, सहमति निर्वाचनबाट टुंगो लगाइनेछ ।’

Loading...