कैलाली बहुमुखी क्याम्पसले गर्‍यो प्राज्ञिक सम्मेलन

धनगढी- कैलाली बहुमुखी क्याम्पसको आयोजना र काठमाण्डौ विश्वविद्यालयसँगको सहकार्यमा धनगढी शिक्षा सम्बन्धी राष्ट्रिय सम्मेलन भएको छ । कैलाली बहुमुखी क्याम्पसमा दुई दिने ’अङ्ग्रेजी भाषा शिक्षामा हालको अनुसन्धान प्रवृत्ति’ सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।

शनिवार र आइतवार भएको उक्त सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र भारतको बाबा साहेव अम्वेडकर शिक्षा विश्वविद्यालयका प्राज्ञकहरूको सहभागिता रहेको थियो ।

Navadurga sun

सम्मेलनको उद्घाटन कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सह-प्राध्यापक ठाकुर प्रसाद ढुङगेलको अध्यक्षतामा भएको सम्मेलनका प्रमुख अतिथि नेपाल खुला विश्वविद्यालयका रजिष्ट्रार डाक्टर गोविन्द सिंह विष्ट रहेका थिए भने विशिष्ट अतिथि सुदूरपश्चिम विश्वविद्यालयका ब्यवस्थापन संकायका डीन प्रा.डाक्टर पदमराज जोशी तथा शिक्षाशास्त्र संकायका डीन डाक्टर भवान सिंह चलाउने रहेका थिए ।

दुई दिनसम्म चलेको उक्त सम्मेलनमा अम्वेडकर शिक्षा विश्वविद्यालयका प्रा.डाक्टर कल्याण पाण्डे, काठमाण्डौ विश्वविद्यालयका डाक्टर टिकाराम पौडेल तथा त्रिभुवन विश्वविद्यालयका डाक्टर बलराम अधिकारीलाई किनोट स्पिकरको रुपमा आमन्त्रण गरिएको थियो ।

त्यसैगरी सूदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक मोहन सिंह साँउद, काठमाण्डौ विश्वविद्यालयका डाक्टर भरत प्रसाद न्यौपाने र सुरेन्द्र भट्ट प्लिनरी स्पिकरको रूपमा सहभागी थिए ।

यस्तै, कमल पौडेल, गीता काफ्ले, शान्ति भट्ट, घनश्याम आचार्य, रेनुका भट्टराई, ठाकुर प्रसाद ढुङ्गेल, मोहन साउद, सम्झना अर्याल, अशोक राज खाती, देवी भट्ट, सुमन श्रेष्ठ, रमेश बहादुर सिंह, कृष्णा महरा साउद, कल्पना पौडेल, रीत रिजाल, सिताराम भट्ट, राजेन्द्रप्रसाद पन्त, विन्दा शाही, अनिता ढकाल, कमल सापकोटा, ज्योती पाण्डेय, सुनिता सुरी, सन्जय तिमल्सिना, बुद्धिलक्ष्मी लाखे श्रेष्ठ, पुनराम घिमिरेले अनुसन्धानमूलक २६ वटा कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।

कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डाक्टर लोक बहादुर बिष्टको अध्यक्षता राष्ट्रिय सम्मेलन समापन समारोह भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...