कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

धनगढी- सुदूरपश्चिमको कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २० हजार ३ सय २६ रुपैया मूल्य बराबरको सामान सोमवार बरामद गरिएको हो ।

Dadeldhura hospital

उक्त मूल्य बराबरको प्याज, आन्टि, ललिपप, प्लाष्टिक कचौरा, सामान बाध्ने रसिरबर, बिडि लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै गोदावरी नगरपालिका-३ मालाखेती चौकिडाँडाबाट अन्दाजी ७५ हजार मूल्य बराबरको भारतिय मटर बरामद गरिएको छ ।

Navadurga sun
Godawari sandesh

सोमवार राति प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ ।

उता कञ्चनपुरको पुनर्वास नगरपालिका-६ ङ गाउँबाट भन्सार छलिका अन्दाजी १६ हजार मूल्य बराबरको कुरकुरे, चिप्स, नम्किन लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...