कैलालीको गोदावरीमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागु

अत्तरिया- कैलालीको गोदावरी नगरपालीकाले अघि सारेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागु भएको छ। गत असार ८ गते सम्पन्न भएको दशौँ नगर सभामा नगरपालीकाले आर्थीक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘एक विद्यालय एक नर्स’ को अवधारणा अनुसार विद्यालय नर्स कार्यक्रम सुरु गर्ने जनाएको थियो ।

Ganyapdhura gau
Dadeldhura hospital

चालु आर्थीक वर्षका झण्डै ५ महिना पछी मंसिर अन्तिम हप्ता देखी उत्त कार्यक्रम सञ्चालन भएको गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए । उत्त कार्यक्रमकालागि दरवन्दी सिर्जना गर्ने भनिएपनि नगरपालिकाका स्वास्थ्य सँस्थामा स्वास्थ्यकर्मीको संख्या उल्लेख्य भएको हुँदा हालकालागि उनीहरुलाई नै खटाईएको उनले बताए ।

Navadurga sun
Godawari sandesh

एक विद्यालयमा एक नर्स आवश्यक भएपनि अहिले कार्यक्रम सुरुवातको क्रममा एक वडामा कम्तीमा एकजना नर्स रहने गरि १२ वटै वडामा गरि १६ जना स्वास्थ्यकर्मी खटाईएको अवस्थीको भनाई छ । “‘एक विद्यालय एक नर्स’ कार्यक्रम हो,अहिले तत्कालै नगरको आर्थीक अवस्था पनि नाजुक छ,हामीसंग स्वास्थ्यकर्मीको संख्या सबै स्वास्थ्य सँस्थामा प्रशस्त नै छ त्यसैले उहाँहरुलाई नै खटाएर कार्यक्रम सुरु गरेका छौँ,अवस्थीले भने ।

स्वास्थ्यकर्मीले हरेक विद्यालयमा हप्ताको एकदिन स्वास्थ्य शिक्षाको बारेमा अध्यापन गराउने कार्यतालिका रहेको छ । यस कार्यक्रममा कक्षा ७ भन्दा माथीका विद्यार्थीलाई समेटिएको छ । यो कार्यक्रमले पछील्लो समय बढ्दो क्रममा रहेको नसर्ने रोगहरुको समस्यालाई दिगो रुपले सम्बोधन गर्ने र स्वास्थ्य सम्बन्धी आधारभुत जानकारी विद्यालय स्तरमै प्रदान गरी स्वस्थ समाज निर्माणमा टेवा पुग्ने नगरपालीकाको विश्वास रहेको छ ।

Couple
Loading...