


अत्तरिया- कैलालीको अत्तरियामा पुस २६ गतेदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सञ्चालन हुने भएको छ ।अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा पुस २६ गतेदेखि माघ ७ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २६ गतेदेखि महोत्सव सञ्चालन गर्ने अत्तरिया उद्योग वाणिज्य संघले जानकारी दिइएको छ ।



पत्रकार सम्मेलनमा बोल्नु हुँदै कल्याण सिँ बोहराले पत्रकारहरु र सबैको सहयोगले यो महोत्सब सफल हुने भएकाले सबैसँग मिलेरै महोत्सवको तयारी गर्ने बताए । प्रादेशिक महोत्सब भनिने भए पनि महोत्सवले अत्तरिया क्षेत्रको बिकासमा सहयोग गर्ने पनि बताए । महोत्सबमा स्थानीय सँस्कृति र लोकल परिकारहरुका स्टलहरुलाइ प्राथमिकता दिइने बताए ।


महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क छ । महोत्सव अत्तरियाको लामिताल परिसरमा गरिने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले बताए ।





