


धनगढी- कैलालीको धनगढीबाट भन्सार छलिका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ ट्राफिकचोक र धनगढी-९ बङ्ग्राकटानबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ३७ हजार २ सय मूल्य बराबरको सामान बरामद गरिएको हो ।


उक्त मूल्य बराबरको लेडिज सुट, मोजा, चिनी, प्याज, हरियो मटर लगायतका सामान मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

