भोलि देशभरका विद्यालयहरूमा ज्येष्ठ नागरिकसम्बन्धी विषय पढाउन निर्देशन

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पठाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पुस ११ गते सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो।

Ganyapdhura gau

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो। सोही आधारमा शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पुस ११ गते देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। सोही अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयले विभिन्न कार्यक्रमहरू आयोजना गर्दैछ। बालबालिकाहरूमा ज्येष्ठ नागरिकका बारेमा जानकारी गराउने उद्देश्यले अध्यापन गराइदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो।

मन्त्रालयको अनुरोधमा केन्द्रलाई त्यसको व्यवस्था मिलाउन भनिएको शिक्षा मन्त्रालयकी शाखा अधिकृत उषा लामिछाने जानकारी दिइन्।

Couple
Loading...